चितवनको कालिकामा नागरिकता ऐन संशोधन बिरुद्ध हस्ताक्षर अभियान

चितवन । नागरिकता ऐन संशोधन बिरुद्धमा चितवनमा नागरिक हस्ताक्षर अभियान शुरु गरिएको छ । नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको बिधेयकमा भएका कतिपय बुँदाहरुमा बिदेशीले पनि नागरिकता प्राप्त गर्न सक्ने देखिएकाले ति बुँदाहरुलाई संसोधन गर्न दवाब दिनका लागि नागरिक हस्ताक्षर अभियान शुरु गरिएको हो ।

गत चैत्र २४ गतेबाट चितवन जिल्लामा क्रियाशिल नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माल,े राष्ट्रिय जनमोर्चा, जनसमाजबादी पाट्री नेपाल लगाएतका दलहरुले नागरिकता ऐन संशोधन बिधेयकमा राष्ट्रहित बिरोधी बुँदाहरु समावेश भएको भन्दै त्यसका बिरुद्ध हस्ताक्षर अभियान संचालन गरेका हुन् ।
आज  कालिका नगरपालिकामा भएको हस्ताक्षर अभियानमा गर्दै राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरीले यो वा त्यो ढंगले बिदेशीलाई नागरिकता दिदाँ नेपालको राष्ट्रियतामाथि खतरा उत्पन्न हुने देखिएकाले त्यसका बिरुद्ध नागरिक हस्ताक्षर अभियान शुरु गरिएको बताए । उनले राष्ट्रको हितका लागि चितवनमा संयुक्त संघर्ष समिति गठन गरेर नागरिकता बिधेयक बिरुद्धमा अभियान शुरुवात भएकाले सवैलाई अभियानमा सहभागी हुन आग्रह गरे ।
नेकपा माले चितवनका जिल्ला सचिब पर्शुराम लामिछानेले राष्ट्रको हित बिपरित हुने कार्यको सदैव खवरदारी गर्न आवश्यक रहेको बताउँदै नागरिकता बिधेयक संशोधन गरेर राष्ट्र र राष्ट्रियतालाई बचाउने कार्यमा दवाब दिनका लागि सवैले पहल गर्न आवश्यक रहेकोमा जोड दिए ।
जनमोर्चा कालिका नगरपालिकाका पुर्ब अध्यक्ष एवम जिल्ला सदस्य नारायण चालिसेले संघीय संसदको प्रतिनिधि सभामा पेश गरिएको नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको बिधेयकमा कतिपय संविधानमा उल्लेख गरिएका शब्द तथा बाक्याँशलाई जस्ताको जस्तै कानुनमा आओस भनि उल्लेख गरिएका कतिपय बुँदाहरु उचित र सान्र्द्भिक भएपनि धेरै कुराहरु संशोधन गर्नुपर्ने भएकाले त्यसमा ध्यान दिन आवश्यक रहेको बताए ।
हस्ताक्षर संकलन गरि जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्री कार्यलय सम्म पुर्याईने उनले जानकारी दिए । उनले राष्ट्र बचाउने अभियानमा सहभागी हुन सवैलाई आग्रह पनि गरे ।