पोखरामा भारी बर्षा, यातायात समेत प्रभावित

पोखरा । पोखरामा आज दिउसो भारी असिना सहित बर्षा भएको छ । दिउँसो ३:३० बजे बाट आएको पानी र असिनाले पोखरामा आधा घन्टा   यातायात समेत प्रभावित भइ संचालन हुन सकेन ।

भारी बर्षाका कारण पोखराका बाटाेहरु जलमग्न भएको छ । पोखरामा यस बर्ष कै सबैभन्दा भारी बर्षा र असिना परेको नयाँ बजार कि औषधि ब्यबसायी उर्मिला पौडेलले जानकारी दिइन ।