चितवनको कालिकामा जनप्रतिनिधिलाई सुचनाको हक सम्बन्धि तालिम

चितवन । कालिका नगरपालिकाका जनप्रतिनिधिलाई सुचनाको हकको बिषयमा जानकारी दिईएको छ । आज  नगरपालिकाका जनप्रतिनिधिलाई “संघिय शासन प्रणालिमा स्थानीय सरकारको भूमिका, जिम्मेबारी र सुचनाको हक समबन्धि बिषयमा जानकारी दिईएको हो । राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुत्त कृष्णहरी बास्कोटाले जन प्रतिनिधि तथा कर्मचारीलाई प्रशिक्षण दिनू भएको हो ।
उहाँले स्थानीय सरकार सञ्चालन गर्नू पर्ने तरिका देखि स्थानीय सरकारले स्थानीयलाई दिनु पर्ने सुचनाको बिषयमा जानाकारी दिईएको थियो । उहाँले स्थानीय सरकारले सञ्चालन गर्ने कर, सेवा शुल्क लगायत कर संकलन, स्थानीय सरकारको सेवाको ब्यबस्थापन, स्थानीयको तथ्याङक र अभिलेख, स्थानीय स्तरको बिकाश आयोजना, आधारभूत तथा माध्यमिक शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिक ब्यबस्थापनको बिषयमा जानकारी दिनुभयो । सुचना आयुत्त बास्कोटाले स्थानीय सरकारले प्रत्यक तीन तीन महिनामा सुचना प्रकाशन गर्नुु पर्ने, सुचनाहरु रेडियो तथा सञ्चार माध्यम मार्फत संप्रेशण गर्नु पर्ने, जनताले मागेको सुचनालाई जनप्रतिनिधिले मुस्कान सहित दिनु पर्ने उल्लेख गर्नुु भयो ।
कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले स्थानीय सरकार सञ्चालन पश्चाात भएको कामको बारेमा जानकारी गराउनु भएको थियाे । कालिका नगरपालिकाले जनताले चाहे अनुरुप नै चुस्त दुरुस्त रुपमा काम गरेको बताउनु भयो । कार्यक्रममा शिक्षा बिद रमाकान्त सापकोटा, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको सहभागीता रहेको थियो ।