कालिका नगरपालिकामा पहिलो डिपार्टमेन्ट स्टोर, कोसेली मार्ट सञ्चालनमा

चितवन । कालिका नगरपालिकामा कोसेली मार्ट सञ्चालनमा आएको छ । कालिका नगरपालिका भित्र पहिलो डिपार्टमेन्ट स्टोरको रुपमा वडा नम्वर ७ मा रहेको क्लब चोकमा कोसेली मार्ट सञ्चालनमा ल्याइएको हो । घरायसी प्रयोजनको लागि आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु एकै स्थानमा पाउने गरी कोसेली मार्ट सञ्चालनमा ल्याईएको हो ।

दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्न, पिय पदार्थ,श्रृगारका सामान,वालवालीका लागि आवश्यक सामान,केही इलोक्टोनिक्स सामान लगायतको कारोवार गर्ने गरी संचालनमा ल्याइएको कोसेली मार्ट प्रा लिका अध्यक्ष विनोद खतिवडाले बताउनुभयो । नगर क्षेत्रमा विस्तारै सहरीकरण बढ्दै गएको र एकै स्थानमा सवै सामान पाउनेगरी डिपार्टमेन्ट स्टोरको आवश्यकताको महसुस भएकाले कोसेली मार्ट सञ्चालनमा ल्याइएको खतिवडाले बताउनुभयो । नाफा कामाउने भन्दापनि एउटै थलोमा ग्राहकलाई सहजरुपमा सरल मूल्यमा सामान पाउन सक्ने वातावरण वनाउन कोसेली मार्ट स्थापना गरिएको उहाँले बताउनुभयो ।

५५ लाख रुपैयाको लगानीमा सुरु गरिएको जानकारी दिदै सञ्चालक गीता घिमिरेले कोसेली मार्टलाई अझै व्यवस्थित रुपमा अगाडी बढाउने लक्ष राखिएको जानकारी दिनुभयो । उपभोक्ताको साथ र सहयोगले आफूहरु अगाडि बढ्ने बताउदै उहाँले गुणस्तरीय सामान उपलब्ध गराउन प्रतिवद्ध रहेको बताउनुभयो ।