कक्षा १२ को परिक्षा दिएर बसेका विधार्थीहरुलाई निशुल्क समय सदुपयोग गर्ने अवसर

चितवन । कक्षा १२ को परिक्षा दिएर बसेका भाइवहिनिहरुका लागि लक्षित गरि भरतपुर २, क्षेत्रपुरमा अवस्थित फोब्र्स कलेजले विभिन्न विषयमा जेठ १५ गतेबाट निशुल्क तालिम सँचालन गरेर विद्यार्थीहरुलाई समयको सदुपयोग गर्ने अवसर प्रदान गर्ने भएको छ ।

परिक्षा पश्चात खालि समयमा के गर्ने भन्ने चिन्ता विद्यार्थी तथा अभिभावकमा रहने कारणले फोब्र्स कलेजले होटल म्यानेजमेन्ट विषयमा १५ दिने निशुल्क तालिम संचालन गर्ने छ , जसमा कुकिङ, बार टेण्डिङ, हाउस किपिङ तथा फ्रन्ट अफिस सम्बन्धी तालिम प्रदान हुनेछ । साथै क्ष्त् मा इच्छा भएका विधार्थीहरुलाई कम्प्युटर नेटवर्क सम्वन्धी एक महिने निशुल्क तालिम पनि संचालन गर्ने कलेजका प्राचार्य दीपक गौतमले जानकारी गराउनु भयो । कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित यस कार्यक्रममा SEE दिएर बसेका भाई वहिनिहरुले पनि जेठ १५ गतेबाट संचालन हुुने निशुल्क तालिममा सहभागी हुन पाउने कुरा कलेजका स.प्राचार्य हरि शरण पाठकले जानकारी गराउनु भयो ।