भिमोदय स्कुलको वार्षिक उत्सब , बिध्यालयको लागि सांसद पोख्रेलले रु.२० लाख सहयोग गर्ने

चितवन । भिमोदय माध्यमिक बिधालय कालिका ५ पदमपुरको ४८औं स्कुलको वार्षिक उत्सब तथा अभिबाबक दिबस आज सम्पन्न भएको छ । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोख्रेल रहेका थिए । उनलेे बिध्यालयको भौतिक बिकासको लागि यसैै आ.ब.मा रु. २० लाख सहयोग गर्ने बताएका थिए ।

सो अबसरमा बिधालयको शैक्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियोे । कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार र बिध्यालयलाई सहयोग गर्नुहुने सहयोगी हरुलाई सम्मान समेत गरिएको थियोे भने सोही अबसरमा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल सुवेदी, आयोजना कार्यान्वयन इकाइ प्रमुख भक्त सेन्चुरी, समाजसेबी नन्द प्रसाद भट्टराई ने क पा का नेता जयचन्द्र प्रसाद चौधरी, भीष्म प्रसाद खनाल, नेपाली काङ्ग्रेसका नेता कमल आचार्य , कालिका ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ , कालिका ६ का वडा अध्यक्ष बिनोद रेग्मी,  भिमबली सामुदायिक बनका अध्यक्ष मछिन्द्र पाण्डे, बिधालयका प्राचार्य डा. हरिप्रसाद कंडेलले आ आफ्ना भनाइ राखेका थिए ।