महालक्ष्मी बैंकको बार्षिकोत्सबमा सरसफाइ सचेतना कार्यक्रम

चितवन । महालक्ष्मी बिकास बैंक टांडी शाखाको आयोजनामा आज सरसफाइ सम्बबन्धि  सचेतना कार्यक्रम गरिएको छ । बैैंकको २५औ बार्षिकोत्सबको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर १२ घेघौलीमा सरसफाइ सम्बबन्धि  सचेतना कार्यक्रम गरिएको हो ।

घेघौली टाेल बिकास सस्थाका अध्यक्ष  कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा घर, टाेल सरसफाइका सन्दर्भमा छलफल भएको थियो । सो अबसरमा बैैंकको तर्फबाट सस्थालाई सरसफाइ सम्बन्धि होडिङबोर्ड सहयोग गरिएको थियो । सो कार्यक्रममा रत्ननगर १२ का वडा अध्यक्ष वीरबहादुर पाख्रीन, बैंकका शाखा प्रबन्धक श्यामबाबू तिमील्सिना लगायतले मन्तव्य राखेका थिए ।