कार्यकर्ता हत्याको बिरोधमा बिप्लव माओवादीको १३ गते नेपाल बन्द

चितवन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै जेठ १३ गते नेपाल बन्द सहितका चरणबद्ध संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

सांगठनिक कामको सिलसिलामा गत, मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेको प्रति नेकपाले विज्ञप्तिमार्फत घोर आपत्ति जनाएको छ ।

आफ्ना नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले सरकारको फाँसीवादी अनुहार नाङ्गिएको र यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको विज्ञप्तिमा भनिएको छ ।

संघर्षका कार्यक्रमहरु
१० १० र ११ गते भण्डाफोर, कोणसभा
२० १२ गते देशव्यापी मसाल जुलुस
३० १३ गते नेपाल बन्द