बिश्व थाइराइड दिवस शनिबार: मनकामना अस्पताल भरतपुरमा विशेष कार्यक्रम

चितवन । मनकामना अस्पताल, भरतपुर ( एअरपोर्ट अगाडि ) को आयोजनामा शनिबार विशेष कार्यक्रम हुने भएको छ । बिश्व थाइराइड दिवसको अबसरमा बिगतका बर्ष हरुमा जस्तै यस बर्ष पनि अस्पतालले विविध कार्यक्रम गर्न लागेको अस्पतालका वरिष्ठ फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ  डा. महेेन्द्र अग्रहरीले जानकारी दिए । अस्पताल परिसरमा शनिबार बिहाान ८ बजे देखि बेलुुका ५ बजे सम्म विशेष थाइराइड शिबिर, जनचेतना मुलक कार्ययक्रम, थाइराइड रोग लाग्ने कारण र रोगथामको उपायको बारेमा कार्यक्रम हुने  छ । सो अबसरमा थाइराइडका बिरामी हरुलाई विशेष छुुटकाेे समेेत ब्यबस्था गरिएको डा. अग्रहरीले जानकारी दिए ।