रत्ननगरमा मोटर साईकल चालकको मृत्यु, एक घाईते

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० हरिहर मन्दिरमा आज दिउँसो सवाँ २ बजे बसको ठक्करबाट मोटर साईकल चालकको ज्यान गएको छ । एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल चालक भरतपुर महानगरपालिका वडा न ११ का ३३ वर्षीया रमेश लामा रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ । मोटरसाईकलमा पछाडी सवार घाईते भरतपुर महानगरपालिका वडा न १५ का सन्तोष कडेंलको पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

नारायणगढ बाट बर्दीबास जादै गरेको ना ६ ख १२६३ नम्बरको बसले सोही दिशातर्फ गईरहेको ना ५६ प २३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ । बस र बसचालकलाई ईलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ ।