राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका : पूर्वअर्थमन्त्री पाण्डे

चितवन । पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र प्रसाद पाण्डेले राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पूर्वी चितवनकोे राप्ती नगरपालिकाले आयोजना गरेको राष्टपनि रनिङ सिल्ड प्रतियोगिताको उदघाटन समारोहलाई सम्बोधन गर्दै पुर्वअर्थमन्त्री पाण्डेले नेपालको पहिचान अन्तर्रा्ष्ट्रिय स्तरमा स्थापित गराउन खेलकुदको महत्व रहेको बताउनुभयो ।

खेलकुदले मानिसलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्ने बताउँदै नेता पाण्डेले देश विकास र समृद्धिका लागि सोच्न सकिने बताउनुभयो । नेकपाका स्थायि कमिटि सदस्य समेत रहेका पाण्डेले खेलकुदले खेलाडीलाइ मात्र नभइ सबैलाइ उर्जा थप्ले बताए । कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाईँले खेलकुद क्षेत्रको विकासका लागी नगरपालिका लगानी गर्न तयार रहेको बताउनुभयो ।

राप्ती नगर प्रमुख प्रभा बरालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उदघाटन समारोहमा नगर उपसचिव शम्भु पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा विज्ञहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता शुक्रबार सम्म चल्ने छ ।