राप्तीका कृषकहरु आई.पि.एम कार्यक्रम प्रति आकर्षित

 

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका किसानहरु आई.पि.एम कार्यक्रम प्रति आकर्षित भएका छन । खेतवारीमा लगाएको वालीमा विषादी प्रयोगकर्ताले असावधानिपुर्वक र अनियन्त्रित प्रयोगबाट कृषकको स्वास्थ्य र बातवरणीय पर्यावरणमा असर पर्न थालेपछि यस क्षेत्रका कृषकहरु आई.पी.एम कार्यक्रम प्रति आकर्षित भएका हुन ।

वालीमा लाग्ने शत्रुजीव र मुत्रजीवको पहिचान गरी तिनीहरुको व्यवस्थापन गर्न विभिन्न फेरोमेन/ल्यूर, ट्रयापमा सफाई तथा रासायनिक विषादीको समुचित प्रयोगबाट वालीमा लाग्ने कीरा, नियन्त्रण गर्न एकीकृत शत्रुजीव व्यवस्थापन(आई.पी.एम)कार्यक्रमबाट वढी सुरक्षित र फाइदाजन भएपछि कृषकहरु यसप्रति आकर्षित भएको जनजाति ताजा तरकारी तथा फलफुल उत्पादक संस्थाका अध्यक्ष धर्मराज कडँेलले बताए ।

व्यवसायिक खेती गर्ने किसानको स्वास्थ्यलाई ध्यानमा राखी राप्ती नगरपालिकाले उक्त कार्यक्रम गाउँगाउँका कृषकहरुलाई तालिम दिनुको साथै आई.पि. एम कृषक पाठशाला सञ्चालन गरेको छ । राप्ती नगरपालिकाले वडा नं २ मा आयोजना गरेको ३ महिने आई.पि.एम पाठशाला आइतबार समापन भएको छ ।
उत्पानसँगै बातावरण सन्तुल कायमै राखी वालीमा लाग्ने रोगका किरा तथा झारपात जस्ता वालीका शत्रुहरुको व्यवस्थापन, प्रविधिबारे निर्माण लिन सक्ने क्षमता कृषकहरुमा विकास गर्ने लक्ष्य राखिएर राप्ती नगरपालिकाका कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपानेले बताए ।
कार्यक्रममा बोल्दै राप्ती २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेतीले कृषि क्षेत्रमा लगानी गर्न स्थानिय सरकार तयार रहेको बताए । उनले आगामी आर्थिक वर्षमा योजना समेटनमा लागी समयमै प्रस्ताव वडा कार्यालयमा पेश गर्न समेत कृषकहरुलाइ आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाँइले व्यवसायिक खेती गर्ने किसानको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाले त्यस्ता कार्यक्रमहरु निरन्तर ल्याउने बताए । उनले राप्ती नगरपालिकालाइ आगमी २ वर्ष भित्र आई.पि.एम युक्त नगरपालिका घोषण गर्नेका लागी सबैले सहयोग गर्न आग्रह समेत गरे । गडयौलीमा सञ्चालन भएको पाठशालमा ६० जना कृषकहरुको सहभागिता रहेको थियो ।

यो कार्यक्रबाट स्वास्थ्यसँगै बातावरण संरक्षण हुनुको साथै फाईदाजन भएपछि ग्रामिण कृषकहरुविच निकै लोकप्रियासँगै मागपनि वढी रहेको छ ।