सौराहाको हात्ती चोकमा अत्याधुनिक प्राविधिको डेन्टल क्लिनिक सुरु 

चितवन । पर्यटकिय नगरी सौराहामा अत्याधुनिक प्राविधिको डेन्टल क्लिनिक सुरु गरिएको छ । सेभ टिथ डेन्टल केयर क्लिनिक नामको सस्था  गत (९ गते) बिहीबारबाट हात्ती चोकमा संचालनमा आएको हो ।

 

दाँतको अत्याधुनिक पद्धति र उपकरणको सहायताले सुपथ मुल्यमा उपचार सुरु गरिएको क्लिनिकका डा. रिस्नु केसीले जानकारी दिए । क्लिनिकमा आधुनिक प्रबिधिकै डिजिटल एक्सरेको सुबिधा पनि  रहेको उनले बताए ।साथै हरेक दिन दन्त रोग  विशेषज्ञ बाट उपचार गराइने पनि उनले बताए ।
उदघाटनकाे अबसरमा क्लिनिक परिसरमा निशुल्क दन्त परिक्षण शिबिर समेत गरिएको थियो । लायन्स क्लब अफ चितवन हेल्थ सिटीकाे समन्वयमा भएको कार्यक्रममा २ सय जनाको दाँतको निशुल्क परिक्षण गरि औसधि, ब्रस, मन्जन समेत बितरण गरिएको दन्त रोग विशेषज्ञ एवं नेपाल डेन्टल एसोसिएसन चितवनका उपाध्यक्ष समेत रहेका डा. केसी ले जानकारी दिए । सो कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगर पालिका वडा नंं ६ का वडा अध्यक्ष बलराम दाहालले उदघाटन गरेका थिए । सो सेभ टिथ डेन्टल केयर क्लिनिकमा दन्त रोग विशेषज्ञहरु डा. रिस्नु केसी, डा. दीपक सुवेदी, डा.रोशन भट्ट र डा. प्रतीक्षा शाक्यले दन्त सेवा उपलब्ध गराउने छन ।