चितवनमा लागू औषध खैरो हिरोईन सहित ३ जना पक्राउ

चितवन । पुर्बी चितवनको रत्ननगर- ७, बाघमाराबाट खैरो हिरोईन सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा रत्ननगर -४ का रमेश पाण्डे रत्ननगर -७ का रामु परियार र रत्ननगर -१ का नारायण श्रेष्ठ रहेकोे इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख (प्रहरी नायव उपरीक्षक) सन्तोष आचार्यले जानकारी दिए ।

उनीहरुको साथबाट २ दशमलव ७४ ग्राम खैरो हिरोईन र गाँजा समेत बरामद भएको उनलेे बताए । हिजो पक्राउ परेका तिनै जनालाई अबैध लागू औषध खैरो हिरोईन कारोबार सम्बन्धि मुद्दा चलाइ कारबाही गरिने आचार्यले जानकारी दिए ।