कालिकामा काँग्रेसको चेतावनी: माग पूरा नभए आन्दोलन (ज्ञापन पत्र सहित)

चितवन । नेपाली काँग्रेस कालिका नगर कार्य समितिले कालिका नगरपालिकालाई पाँच बुँदे ज्ञापन पत्र बुझाएकाे छ ।

काँग्रेस नगरसभापति राजु श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा कालिकाका विभिन्न वडाका बासीसन्दाहरु लामो समयदेखी शुद्ध खानेपानी पिउनबाट बञ्चित हुँदा पनि नगरपालिका मौन रहनु दुर्भाग्र्यपूर्ण रहेको जनाइएको छ । उसले खानेपानीको अधिकार सुरक्षित गर्न र खानेपानी शुद्धता थप प्रबन्ध गर्न नगर समक्ष माग गरेको छ ।

यस्तै काँग्रेसले प्रतिपक्षी वडा अध्यक्षहरुलाई थाहै नदिई लुकाएर नगर शिक्षा ऐन जारी गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ऐनलाई सार्वजनिक गर्न र सर्वमान्य रुपमा जारी गर्न माग गरेको छ ।

त्यस्तै कालिका ३ का पुण्यप्रसाद कडुवाल लगायतको नीजि जग्गामा वडा नेतृत्वबाट भएको ठाडो हस्तक्षेप बारे नगरमा लिखित जानकारी गराउँदा समेत सुनुवाईको वातावरण हुन नसक्नुले न्याय मरेको आभाष भएको काँग्रेसले जनाएको छ ।

यस्तै काँग्रेसले कालिका नगरक्षेत्र भित्र गिट्टी/बालुवाको अत्याधिक दोहन भएको प्रति नगर नेतृत्व नियन्त्रणको गर्नुको साटो नदेखेझै गरिरहेको अवस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसले आफ्नै सम्पत्ति माथि दिनदहाडै हस्तक्षेप र लुट भई रहँदा समेत सुरक्षा दिन नसकेको भन्दै नगर प्रमुखको कार्यदिशा माथी प्रश्न उठाएको छ ।

नगरभित्र पछिल्लो समय विद्यालयलगायतको सम्पत्ति चोरी बढेको, दिनकै हत्या हिंसा बढेको भन्दै उचित सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउन काँग्रेसले माग गरेको छ । काँग्रेसले राखेको माग सुनुवाई नभएमा चरणबद्ध आन्दोलनका कार्यक्रम संचालन गर्ने नगर सभापति राजु श्रेष्ठले बताए । ( www.narayanionline.com बाट साभार)