पदमपुरमा दिउँसै पसलबाट एकलाख नगद चोरी

चितवन। पूर्वी चितवनको एउटा पसलवाट दिउँसै चोरी भएको छ । पदमपुरको हाइस्कुल रोड स्थित साल्सा कलेक्सन पसलबाट १ लाख ७ हजार रुपैयाँ नगद र एउटा सुनको औठी चोरी भएको छ । भीमोदय माध्यमिक विद्यालयको जग्गामा निर्माण भएको भवनमा राखिएको पसल चोरी भएको स्थानीयले जानकारी दिएका छन् ।
विहान ९ बजेर ५१ मिनेटको समयमा अपरिचित व्यक्ति आएर पैसा र औठी राखेको व्याग नै बोकेर गएको सिसिटिभीमा देखिएको छ । उक्त समयमा पसलका संचालक आडैमा रहेको अर्को पसलमा काम विशेषले गएको बेला अपरिचित व्यक्ति आएर पैसा राखिएको झोला बोकेर गएका हुन । उनले मुखमा माक्स लगाएका छन् ।
यस अघि कालिका नगरपालिकाको वडा नं. १, लंकालाईनमा भएको हत्याकाण्ड सेलाउन नपाउँदै पदमपुरमा चोरीका घटनाहरु बृद्धि भइरहेका छन् । यसअघि पनि पदमपुरमा मात्रै दर्जनबढी पसलका सटरहरु फोरेर चोरी भएका छन् । तर दिउँसै चोरी भएको भने यो पहिलो घटना हो ।