बालकदेखि बृद्धसम्मको एउटै स्वर ः क्रिकेट रंगशाला भत्काउनेले नै बनाउन पर्छ

चितवन। चितवनको रामपुरमा निर्माणाधिन अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काइएपछि सुस्ताएको माहोल फेरी तातेको छ । आज निर्माणाधिन रंंगशालामा स्थानिय, जिल्लाका विभिन्न राजनैतिक पार्टीका प्रतिनिधि,जनप्रतिनिधि र सरोकारवालर्ले याली सहित कोणसभाको आयोजना गरेका छन् ।
स्थानिय केही व्यक्तिको अग्रसरतामा डोजर लगाएर भत्काइएको बार फेरी उठाउन सुरु गरिएको छ । रंगशाला निर्माणस्थलमा सहभागी स्थानियले रंगशाला निर्माण हुनै पर्छ, हामी धुुर्मुस सुन्तलीको साथमै छौं, रंगशालाको बार भत्काउनेले बनाउनै पर्छ जस्ता नारा लेखिएका प्ले कार्ड सहित उपस्थित भएका थिए । सयौंको सङख्यामा सहभागी भएका उनिहरुले रंगशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार बिहान स्थानीय युवा प्रकाश कँडेल नेतृत्वको केही समूहले रंगशाला निर्माणस्थलमा लगाइएको जस्ताको बार डोजर लगाएर भत्काएको थियो । यस घटनाको चौतर्फी बिरोध समेत भईरहेको छ । कँडेल सहित १८ जना प्रहरी नियन्त्रणमा छन् । उनिहरुलाई मुद्धा दर्ता संगै म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । घटना पश्चात धुर्मुस सुन्तली फाउण्डेशनले निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित गरेको थियो । बाताबरण सहज बन्दै गएपछि निर्माणको काम अघि बढाउने फाउण्डेशनले जनाएको छ ।