कालिकामा प्रारम्भिक बाल बिकाश शिक्षकको भेला 

चितवन । पुर्बी चितवनको कालिका नगरपालिका भित्र कार्यरत प्रारम्भिक बाल बिकाश शिक्षकहरुको भेला शनिबार सम्पन्न भएको छ । भेलामा नगर भित्र कार्यरत ५८ जना शिक्षकहरुको उपस्थिति रहेकोे थियो ।

भेलामा प्रारम्भिक बाल बिकाश शिक्षकका समस्या र समाधानका उपाय हरुको बारेमा छलफल भएको थियो । भेलामा शिक्षा क्षेेत्रसंग सम्बद्ध संघसंगठनका नेता तथा प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल शिक्षक महासंघ कालिकाका अध्यक्ष जितबहादुर भट्टराई, नेपाल शिक्षक महासंघ कालिकाका अध्यक्ष मदन खनाल, नेपाल रास्ट्रिय शिक्षक संगठनका ३ नं प्रदेश सचिवालय सदस्य पुर्णबहादुर पुरी लगाएतले मन्तव्य राखेका थिए ।

बाल बिकाश शिक्षक मनोरमा रेग्मीको अध्यक्षतामा भएको भेलाले बिष्णुकुमारी तिमिल्सिनाको अध्यक्षतामा बाल बिकाश शिक्षक समिति गठन गरेको छ । समितिको सचिवमा मायादेबि लोहनी सदस्यहरूमा प्रमिला गुरुङ (तामाङ) ,प्रभा केसी र अम्बिका थापा रहेका छन ।