नवलपुरको कावासोतीमा छोरिलाई पटक पटक बलात्कार गर्ने ५८ वर्षिय बुबा पक्राउ

कावासोती । आफ्नी छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा नवलपुरको कावासोतीमा एक जना पक्राउ परेका छन् ।

कावासोती १७ का ५८ बर्षीय रुकबहादुर दमाईले कान्छी श्रीमति तर्फकी १३ वर्षिय छोरिलाई पटक पटक बलात्कार गरेको उजुरिका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बालिकालाई स्वास्थ परिक्षणका लागि चितवनको भरतपुर पठाईएको छ । दमाईको कान्छी श्रीमतिको पहिलो श्रीमान तर्फकि १३ बर्षीया छोरीलाई पटकपटक बलात्कार गर्दै आउने गरेको पीडित बालिका र उनकी आमाले बताएकी छिन् । विगत २/३ बर्षदेखि कहिले जंगलमा बाख्रा चराउन जाँदा त कहिले घरमै बलात्कार गर्ने गरेको थाहा पाएपछि पीडित बालिका र उनकी आमाले स्थानीय जनप्रतिनिधि र प्रहरीकोमा न्यायका लागि अपिल गरेका थिए ।

छोरी सहित कान्छी श्रीमती ल्याएका दमाईले छोरीको उमेर बढ्दै गएपछि छोरीमाथि गिद्धे नजर लगाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । दमाईमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।