चितवनमा कालिका यामाहाको ‘फिल द थ्रिल’ रोड सो, यामाहा एफजी भी३ बाइक पनि सार्वजनिक (फोटाे फिचर)

नेपालको लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो राष्ट्रव्यापी यात्रा ‘फिल द थ्रिल’ सुरु गरेको छ । आइतबार पोखराबाट सुरु गरिएको रोड सो आज चितवनको खैरहनी स्थित कालिका मोटर साइकल पार्टस प्रागंढ पर्सा बजारमा भएको थियो । रोड सो मा चर्चित गायक अल्मोडा राना उप्रेती र धर्मेन्द्र सेवानको प्रस्तुती बीच नयाँ मोटरसाइकल यामाहा एफआई भी३ सार्वजनिक गरिएको छ ।

पर्सा खैरहनीका लागि यामाहाको आधिकारिक बिक्रेेता कालिका मोटर साइकल पार्टसका प्रबन्ध निर्देेश  उत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी उद्योग बाााणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले  सो यामाहा एफआई भी३ बाइक सार्वजनिक गरेका थिए । कार्यक्रममा कालिका मोटर साइकल पार्टसका बजार प्रमुख सुुुदिप लामिछानेले स्वागत मन्तव्य राखेका थिए । सो अबसरमा यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजका बजार प्रमुख बिक्रम पौडेल , ईलाका प्रहरी कार्यालय खैरहनीका प्रतिनिधि पुष्पा केसी लगायतको उपस्थिति रहेको थियो ।

रोड सोमा अल्मोडाले ‘पानी प¥यो’, ‘माया माया’, ‘दिलको भित्तामा’ र ‘यति यति पानी’ बोलका गीत गाएर दर्शकस्रोतालाई नचाएका थिए । त्यसैगरी, धर्मेन्द्र सेवानले ‘हेर्दा राम्रो’, ‘दिलै जलायौ’, ‘रेशम फिरिरि’ बोलको प्रस्तुती दिएका थिए । कार्यक्रम यामाहाको कालिका मोटरसाइकल पार्टस परिसरमा भएको थियो ।

रोड सोकै क्रममा यामाहाको नयाँ मोटरसाइकल एफजीएस एफआई भी३ सार्वजनिक गरिएको थियो । खैरहनि उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र सापकोटाले नयाँ मोटरसाइकललाई सार्वजनिक गरेका हुन् ।

केही समयअघि नेशनल लन्च भएको यो मोटरसाइकल युवा राइडरहरुको मन जितिसकेको छ । एफजीएस–एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यो मोटरसाइकल ‘राइड विथ् रोडिज्’अन्तगर्त उपल्लो मुस्ताङ, लोमान्थाङमा समेत पुगेर आइसकेको छ । कार्यक्रममा राइड विथ् रोडिज्का सहभागीले आफ्नो अनुभव समेत बताएका थिए ।

नयाँ मोटरसाइकलको सार्वजनिकीकरणले यामाहा आफ्ना ग्राहकको सुरक्षा तथा सबैखाले मौसम र सडक अवस्थामा पनि अद्वितीय ‘राइडिङ एक्सपिरियन्स’ दिलाउन प्रतिबद्ध छ भन्ने तथ्यलाई प्रमाणित गरेको छ । यसमा १४९ सीसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसमा अघिल्लो पुस्तामा झैं ५–स्पिड गियरबक्स रहेको छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक फर्क’ र पछाडि ‘मोनो शक’ प्रयोग गरिएको छ । यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ ।

नयाँ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटर रहेको छ भने यो ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे सायन’ गरी तीन वटा ‘एक्साइटिङ कलर’मा उपलब्ध छ । नयाँ एफजी भी ३.० मा नयाँ ‘फुल–एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ भएको नयाँ ‘मस्कुलर फ्युल ट्यांक’ रहेको छ ।