पहिरोले अवरुद्ध पुथ्वी राजमार्ग खुल्यो

चितवन । गएरातीको भारी बर्षा का कारण गएको पहिरोका कारण अबरुद्ध पृथ्वीराज मार्ग अन्तर्गत धादिङ वेनिघाटमा सडक भर्खरै खुलेको छ ।
धादिङको रोराङ गाउपालिका वडा १० वेनिघाटमा पर्ने सो ठाउँमा पहिरोका कारण हजारौं यात्रु अलपत्र परेका थिए ।
राति आएको अविरल बर्षाका कारण पहिरो गएको र पहिरोकै कारण राजधानी काठमाडौ जाने बाटो समेत बन्द भएको थियो । चितवन र धादिङ बाट गएका डाेजरले पहिरो हटाई बाटो खुलाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।