जाजरकोटमा वन लसुन खन्न गएका तीन जनाको भीरबाट लडेर मृत्यु

वन लसुन प्रतिकिलो ३२ हजार रुपैयाँमा बिक्री हुने गरेको छ। महँगोमा बिक्री हुने भएकाले वन लसुन संकलनमा स्थानीयको आकर्षण बढेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए।बारेकोटमा एक साता अवधिमा भीरबाट लडेर चार र यार्सा संकलन क्रममा लेक लागेर दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।