खरको छाना भएका बिपन्नलाई जस्ता पाता सहयोग गर्दै चितवनको रत्ननगर नगरपालिका (फोटाे फिचर सहित)

चितवन । पुर्बी चितवनको ररत्ननगर नगरपालिकाले नगर भित्र खरको छाना भएका बिपन्नलाई जस्तापाता सहयोग गरेको छ । नगर भित्र रहेका १६ वटै वडाका खरको छाना भएका बिपन्नहरु लाई जस्ता पाता सहयोग गरेको रत्ननगरका मेयर नारायण वनले जानकारी दिए ।

नगर भित्र २ सय ७५ घरको छाना खरको रहेको उनले बताए । यस बर्ष १ सय ४७ घरलाई जस्ता पाता वितरण गरिने र बाकी १ सय २८ घरलाई आगामी बर्ष वितरण गरिने उनले जानकारी दिए । सो जस्ता पाता वितरण गर्न यस बर्ष करिब २४ लाख रुपैयाँ खर्च हुने उनले बताए ।
आज नगरपालिकाले वडा नंं १४ लौरिघोल सुकुम्बासी बस्ती कि सरिता सुनार र वडा नंं १६ खैरेटीका बुद्धबहादुर कुमालको घरमै पुगि सहयोग गरेको थियो । कार्यक्रममा रत्ननगरका मेयर नारायण वन,  प्रमुुख प्रशासकिय अधिकृत टुवराज पाेखरेल, वडा नंं ६ का अध्यक्ष वलराम दाहाल, वडा नंं ८ का अध्यक्ष बिनोद बस्नेेत,वडा नंं १६ का अध्यक्ष हेमराज थापा, नगरपालिकाका प्रबक्ता राजेन्द्र हमाल लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाले बिपन्न बस्तीमा सौचालय नभएका नगरबासी सबैलाई सौचालय बनाउन आबश्यक सामाग्री निशुल्क उपलब्ध गराउने योजना रहेको मेयर वनले बताए । साथै उनले गरिबिका कारण बालश्रममा रहेका परिवारका लागि आयआर्जनका लागि बाख्रा वितरण र बालबालिका हरुलाई पढ्नेे ब्यबस्था समेत मिलाइएको उनले जानकारी दिए ।