चितवनको रत्ननगरमा भोली रोजगार मेला हुँदै,गृहमन्त्री बादलले उद्घाटन गर्ने

चितवन । पूर्वी चितवनको रत्ननगरमा भोली विहीवार वृत्ती परामर्श तथा रोजगार मेला हुदैछ । मेलाको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गर्ने छन । आयोजक रत्ननगर नगरपालिकाले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

मेला होटल स्टार ब्यन्क्युटमा विहान ९ बजे सुरु हुनेछ । वेरोजगार युवा र रोजगार दाता बीच प्रत्यक्ष भेट गराई रोजगार सृजना गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेयर नारायण वनले बताए । नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली” र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पु¥याउने उद्देश्य लिई यस क्षेत्रका जनशक्तिलाई स्थानीय उद्योग÷व्यवसाय, बंैकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पु¥याउने उद्देश्यका साथ रत्ननगरमा पहिलो पटक मेलाको आयोजना गरिएको उनले बताए ।

मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने,सीप मूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी दिइने,रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने,निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमहरु सम्बन्धी जानकारी दिइने,रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने उपमेयर विमला दुवाडीले जानकारी दिए । मेलामा १ हजार ५०० युवाहरुले वृत्ति परामर्श सेवाप्राप्त गर्ने छन् ।

साथै मेलामै १ सय ५० देखि २ सय जनालाई विभिन्न उद्योगहरुमा रोजगार प्रदान गरिने मेयर नारायण वनले बताए । रत्ननगरमा एक हजार ५७५ जना युवायुवती बेरोजगार रहेको तथ्याङक हामी संग छ उनले भने हामी मेला मार्फत रोगजारीको अबसरको खोजीसंगै सृजना समेत गर्ने छौं । रत्ननगर नगरपालिकाको आयोजना तथा रत्ननगर उद्योग बाणिज्य सघं, चितवन उद्योग संघ, क्षेत्रीय होटल संघ, रेष्टुरेन्ट एण्ड बार एसोसियशन सौराहा,निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवन,भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, पूर्वी चितवन कुखुरा व्यवसायी संघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महा संघसंगको सहकार्य र नेपाल सरकार तथा स्वीस सरकार विकास सहयोग एसडिसीको द्विपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाले रोजगार मेलाको आयोजना गरिएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले कार्यान्वयन गरेको यस परियोजनामा स्वीस सरकारको प्राविधिक सहयोग रहेको छ । रोजगार मेलामा २५०० देखि ३००० जना सम्मको सहभागिता रहने अनुमान गरिएको कार्यक्रम संयोजक विश्वास श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा हेल्वेटासमा टिम लिडर सुवास सुवेदी,सीटीइभीटी इन्स्योर परियोजनाका निर्देशक टेकबहादुर मल्ल,चितवन उद्योग संघ रत्ननगर इकाई संयोजक गजेन्द्र अधिकारी लगायतले रोजगार मेलाको उद्देश्यका वारेमा प्रकास पारेका थिए ।

………………………..

“वृत्ति परामर्श तथा रोजगार मेला”
मिति२०७६ जेष्ठ३१गते
प्रेश विज्ञप्ती
रत्ननगर नगरपालिकाको आयोजनातथा रत्ननगर उद्योग बाणिज्य सघं, चितवनउद्योग संघ, क्षेत्रियहोटल संघ, चितवन, रेष्टुरेन्टतथाबार एसोसियशन संघ सौराहा, निर्माणव्यवसायी संघ जिल्ला समन्वय समितिचितवनभवननिर्माणव्यवसायी संघ पूर्वि चितवन, पूर्वीचितवनकुखुरा व्यवसायी संघ, नेपालतालिमतथा रोजगार व्यवसायीमहासंघसंगको सहकार्य र नेपाल सरकार तथा स्वीस सरकार विकास सहयोग एसडिसीकोद्विपक्षीय परियोजनादिगो तथा सम्मानित रोजगारीकालागि सीप (इन्स्योर) को सहयोगमा १ दिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजनाहुँदैछ । प्राविधिकशिक्षातथाव्यावसायिकतालीम परिषद९ऋत्भ्ख्त्० ले कार्यान्वयन गरेको यस परियोजनामा स्वीसको प्राविधिक सहयोग रहेको छ ।
यहिमिति२०७६ जेष्ठ३१गते शुक्रबार बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म होटल स्टार व्याङकेटको सभाहलमा“वृत्ति परामर्श तथा रोजगार मेला”को आयोजनाहुँदैछ ।
नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली” र ५ लाखयुवालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पु¥याउने उद्देश्य लिई यस क्षेत्रकाजनशक्तिलाई स्थानीयउद्योग÷व्यवसाय, बंैकिङ्ग, पर्यटन, होटलव्यवसायलगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पु¥याउने हेतुले रत्ननगरनगरपालिका,चितवनमाप्रथमपटकहुने “वृत्ति परामर्श तथा रोजगार मेला” को समुट्घाटन नेपाल सरकार गृहमन्त्रीमाननीयरामबहादुर थापाज्यूले गर्नुहुनेछ ।साथै प्रदेश नं.३ का सामाजिकविकास मन्त्रीमाननीययूवराजदुलालज्यूको यस कार्यक्रममाआतिथ्यताका साथै यस क्षेत्रका सांसद ज्यूहरुको पनिउपरिथतिरहनेछ । रत्ननगर नगरपालिकामाहुनलागेको यस मेलाले रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमाल्याईआ–आफ्नो आवश्यकताअनुसारको जनशक्तिखोज्न र रोज्न सहयोग पु¥याउनेछ ।
प्राविधिक, प्रशासनिक क्षेत्रकाव्यक्तिका साथै श्रमिकवर्गको समेत सहभागिता रहने मेलामाउद्योग÷व्यवसायलगायतअन्य क्षेत्रका रोजगारदाताको तर्फबाटप्रतिनिधित्व रहनेछ ।
वृत्ति परामर्श तथा रोजगार मेलाको मुख्यकार्यक्रमहरु
ड्ड वृत्तिविकास सम्बन्धी परामर्श सेवातथाजानकारीदिइने,
ड्ड सीपमूलकतालीमदिने संस्थाहरुको प्रदर्शनी र तालीमबारे जानकारीदिइने,
ड्ड रोजगार सम्बन्धी सूचनादिइनुका साथै रोजगारदातासँगप्रत्यक्ष सम्पर्क गराइने,
ड्ड निःशुल्क सञ्चालनहुनेकार्यस्थलमाआधारित सीपमूलकतालीमहरुसम्बन्धीजानकारी दिइने,
ड्ड रोजगारको अवसर प्राप्तगर्न सकिने ।
ड्ड स्थानीयउत्पादनहरु प्रदर्शनी गरिने ।
एकातर्फ दक्षजनशक्तिपलायनहुने क्रममा रहनु र अर्कातर्फ उद्योग÷व्यवसायलगायतका क्षेत्रले जनशक्तिको अभावभोग्नु परिरहेको वर्तमानअवस्थामाआयोजना गर्न लागिएको वृत्ति परामर्शतथारोजगार मेलाबाट रोजगारदातालाई आवश्यकताअनुसारको जनशक्तिउपलब्धहुनेछ भने रोजगारीकै खोजीमायुवाशक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न केहीहदसम्ममद्दतपुग्ने हामीआयोजकले विश्वास लिएकाछौं ।
हाम्रो समाजकोश्रमशक्तिलाईगुणस्तरीय बनाउँदै तथाश्रमिकहरुको सीप र क्षमताअभिवृद्धिगर्दै नागरिकहरुमाकामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रम बजारमा उनीहरुको माग र सम्मान वृद्धि गर्नका लागिस्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्नअभिप्रेरित गर्ने, रोजगारको अवसर सिर्जना गर्नेउद्देश्यले यस “वृत्ति परामर्श तथा रोजगार मेला” को आयोजना गर्न लागिएको छ ।
स्थानीयजनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलव्ध गराउने अभिप्रायले आयोजना गर्न लागिएको वृत्ति परामर्श तथा रोजगार मेलामा२५०० देखि ३००० जना सम्मको सहभागिता रहने अनुमान गरिएकोछ । मेलाबाटनिम्नउपलब्धीहरु प्राप्तहुने अपेक्षा राखेका छौँ ।
ड्ड कम्तीमा१५०० जनायुवाहरुले वृत्ति परामर्श सेवाप्राप्त गर्ने छन् ।
ड्ड १५० देखि २०० जना बेरोगार युवाहरुले विभिन्नउद्योग तथाव्यवसायमा रोजगारी प्राप्त गर्ने छन् ।
ड्ड विभिन्नउद्योगतथाव्यवसायीहरुले उपलब्धजनशक्तिबारे जानकारी पाउने छन् ।
ड्ड बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथाव्यवसायसंग उपलव्धविभिन्न रोजगारीकाअवसरवारे जानकारी पाउनेछन ।
ड्ड तालिमप्रदायक संस्थावाटप्रदान गरिने सीपमुलकतालिम र अवसरको जानकारी पाउनेछन् ।

यस कार्यक्रमलाई सफलवनाउनकालागिआयोजक रत्ननगरनगरपालिका सबैलाई हार्दिक अनुरोध गर्दछ ।

………………………..
नारायणवन
नगर प्रमुख
रत्ननगर नगरपालिका
चितवन