युद्ध संग्रहालय बनाउन भन्दै पुर्ब जनमुक्ति सेना संघले बुझायो कालिकामा ज्ञापन पत्र 

चितवन । युद्ध संग्रहालय बनाउन भन्दै पुर्ब जनमुक्ति सेना संघ नेपालले कालिका नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नगरको शक्तिखोर क्षेत्रमा यस अगाडि जनमुक्ति सेनाको शिबिर रहेको र नगरको पर्यटनको बिकासमा समेत यस्तो संग्रहालयले थप टेवा पुर्याउनेे ज्ञापन पत्रमा उल्लेख छ । शक्तिखोर क्षेत्रमा एतिहासिक युद्ध संग्रहालय बनाउनको लागि आबस्यक डिपीआर कार्य तत्काल थालनी गर्न समेत ज्ञापन पत्र मार्फत अनुरोध गरिएको छ ।
पुर्ब जनमुक्ति सेना संघ नेपालका अध्यक्ष देबि प्रसाद ढकाल (रबिन्द्र) ले सो ज्ञापन पत्र आज कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठलाई बुझाएका थिए । सो कार्यक्रममा नेकपा कि नेता सबिता लामा लगायतको उपस्थिति रहेको थियो ।