रोजगार मेलाको केहीबेरमा गृहमन्त्रीले उद्घाटन गर्दै

रत्ननगर ३१ जेठ । रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको केहीबेरमा गृहमन्त्री रामबहादुर थापा वादलले उद्घाटन गर्दैछन । वेरोजगार युवाहरुलाई रोजगारीको अबसर प्रदान गर्न उद्देश्यले मेलाको आयोजना गरिएको मेयर नारायण वनले बताए । वेरोजगार युवा र रोजगार दाता बीच प्रत्यक्ष भेट गराई रोजगार सृजना गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेयर नारायण वनले बताए । नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली” र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पु¥याउने उद्देश्य लिई यस क्षेत्रका जनशक्तिलाई स्थानीय उद्योग÷व्यवसाय, बंैकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन मेलाको आयोजना गरिएको उनले बताए । मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी,सीप मूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारीे,रोजगार सम्बन्धी सूचना र रोजगार दातासँग प्रत्यक्ष सम्पर्क,निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमहरु सम्बन्धी जानकारीे,रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने उपमेयर विमला दुवाडीले जानकारी दिए । मेलामा १ हजार ५०० युवाहरुले वृत्ति परामर्श सेवाप्राप्त गर्ने छन् । साथै मेलामै १ सय ५० देखि २ सय जनालाई विभिन्न उद्योगहरुमा रोजगार प्रदान गरिने मेयर नारायण वनले बताए ।