उद्योग र व्यवसायीको सुरक्षा सरकारले दिन्छ – गृह मन्त्री बादल

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताएका छन । चितवनको रत्ननगर नगरपालिकाले आयोजना गरेको बृत्ती परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले उद्योग र व्यवसायीको सुरक्षा जिम्मा सरकारको रहेको भन्दै ठुक्क भएर लगानी गर्न आग्रह गरे ।


सरकारले उद्योगको सुरक्षा दिन्छ उनले भने तपाई चितवनका व्यवसायीहरुले ठुक्क भएर उद्योगमा लगानी गर्नुहोस । उद्योगको विकास नभए सम्म वेरोजगार अन्त्य नहुँने भन्दै गृहमन्त्री बादलले औधोगिक क्षेत्रको विकास गरी रोजगार सृजना गर्ने योजनामा सरकार रहेको बताए । उनले देशमै रोजगारी सृजना गरेर विदेशिने युवाहरुलाई रोक्ने योजना रहेको उनको भनाई छ । गृहमन्त्री बदलले रोजगार सृजना गर्न रत्ननगरले आयोजना गरेको रोजगार मेला विशिष्ट रहेको बताए ।


कार्यक्रममा मेयर नारायण वनले श्रम लिने र दिने बीचमा सम्बन्ध विस्तार गर्न मेलाको आयोजना गरिएको बताए । एकतिर सीप भएर पनि युवाले काम नपाएको अबस्था छ,अर्को तिर दक्ष जनशक्ति नपाएर उद्योगहरु भौतारिनु पर्ने अबस्था उनले भने बेरोजगार युवा र रोजगार दाता बीचको प्रत्यक्ष भेट गराउने र रोजगारी सृजना गर्ने मेलाको उद्देश्य हो । कार्यक्रममा उपमेयर विमला दुवाडीले रत्ननगरका वेरोजगारको संख्या घटाउन मेला गरिएको बताइन ।
मेलाले रोजगारीको पहिचान गर्ने उनको भनाई छ । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी,क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे,नेपाली कांग्रेसका जिल्ला सहसचिव सुर्य अर्याल,राजमोका मेघराज ढकाल,सीटिइभीटीका परियोजना प्रमुख टेकबहादुर मल्ल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं २ का वडाअध्यक्ष तिलकराज शर्माले धन्यवाद मन्तव्य राखेका थिए ।