सरकार ! मान्छे मार्ने काम बन्द गर : सत्तारुढ सांसद गाैतम

काठमाडौं । सत्तारूढ नेकपाकी सांसद तीर्था गौतमले पछिल्लाे समय विप्लव समूहका कार्यकर्तामाथिकाे दमनलाई लिएर चिन्ता व्यक्त गर्नुभएकाे छ ।साेमबार राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा बाेल्दै उहाँले सरकारसँग ‘मान्छे मार्ने काम बन्द’ गर्न आग्रह गर्नुभयाे ।विगतकाे १० वर्षे माआेवादी जनयुद्धलाई काेट्याउँदै देशमा त्यसकाे घाउ आलै रहेका बेला पुन: मान्छे मार्ने काम भइरहेकाे भन्दै उहाँले दु:ख व्यक्त गर्नुभयाे । ‘देश पूर्णरूपमा शान्त बनेको छैन, द्वन्द्वकाे घाउ आलै छ,’ उहाँले भन्नुभयाे, ‘सत्यनिरूपण तथा बेपत्ताको छानबिन भएको छैन, सानो झिल्कोले ठूलो रूप लिन सक्छ । यस्ताेवेला बन्दूकबाट हैन, वार्ताबाट समाधान खाेज्नुिपर्छ ।’सांसद गाैतम आफै पनि द्वन्द्वपीडित हुनुहुन्छ । उहाँका पति तत्काली नेकपा एमालेका सांसद तथा रुकुम जिल्ला सचिव यदु गौतमकाे माओवादीले २०५५ सालमा हत्या गरेका थिए । साेही घटना सम्झँदै भावुक सम्बाेधन गर्नुभएकाे सांसदले हालै सर्लाहीमा मारिएका विप्लव समूहका नेता कुमार पाैडेलकाे प्रस‌ंगमा साे आग्रह गर्नुभएकाे हाे ।