विप्लव पुत्र प्रकाश चन्द सहित चितवन मेडिकल कलेजका १५ विद्यार्थी पक्राउ

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन मेडिकल कलेज (सीएमसी)मा भइरहेको आन्दोलनको नेतृत्व गरेका प्रकाशसहितका १५ जना विद्यार्थीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चिवतनमा राखिएको छ ।

अस्पतालको सेवामा अवरोध गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रकाशले हालै मात्र उक्त मेडिकल कलेजका सञ्चालक हरिश न्यौपानेलाई झुन्डयाउने चेतावनी दिएका थिए ।

मेडिकल कलेजमा अधिक मुल्य लिएर ठगी गरेको भर्ना लगायतमा विद्यार्थीमाथि चरम आर्थिक भार खेपेको भन्दै विद्यार्थी आन्दोलित थिए ।