रोल्पामा पहिरो पहिरोले पुरिएका ६ जनाकै मृत्यु

रोल्पा । रोल्पाको थबाङ- २, छेर्लोबाङमा बिहीबार राति गएको पहिरोले पुरिएका ६ जनाकै मृत्यु भएको छ । रोल्पाको सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लोबाङमा घरमाथिबाट खसेको पहिरोले स्थानीय ठिरकुमारी बुढामगरको घर पहिरोमा सो घरमा रहेका पुरिदा ६ जनाकै मृत्यु भएको हो ।

पहिरोले पुरिँदा सो घरको माथिल्लो तलामा बसेका शिरकुमारी बुढा मगर र उनका चार वर्षीय छोराको मृत्यु भएको समाचार यसअघि नै आएको थियो । उनीहरु सुतेकै अवस्थामा पहिरोले च्यापिएर मृत अवस्थामा फेला परेको स्थानीय गाउँलेहरुले बताएका थिए ।

त्यस्तै आफ्नो घर पहिरोमा पर्ने भएपछि ठिरकुमारी बुढामगरकै घरको भुँइ तलामा बसेका ४० वर्षीय जय बुढा, मूलज्योति बुढा, बिर्सिती बुढा र चिरन बुढाको पनि मृत्यु भएको हो ।

पहिरोबाट स्थानीय किसानका गाईबाख्रा र भेंडाको गोठ समेत पुरिएको छन् भने केही चौपाया मृत फेला परेका छन् । घटनास्थल रोल्पा सदरमुकाम लिबाङवाट करिब २५ कोस उत्तरमा पर्छ ।

घरको माथिपट्टि खनिएको सडकको माटोसहित आएको पहिरोले सो घर र गोठहरु पुरिएको हो ।