चितवनको जिरौनामा आज देखि जगदिश स्मृति जिल्ला स्तरीय नक आउट फुटवल प्रतियोगिता हुँदै

चितवन । प्रथम स्वर्गिय जगदिश स्मृति जिल्ला स्तरीय नक आउट फुटवल प्रतियोगिता आज बुधवार देखी सुरु हुदैछ ।

जिरौना युवा क्लवको आयोजना तथा रत्ननगर ११,१२ र १३ वडा कार्यालयको सहयोगमा वागदेवी आधारभूत विद्यालयको चौरमा प्रतियोगिता हुन लागेको हो । उद्घाटन खेलमा जयमंगला फुटवल क्लव र मिलीजुली टोल विकास संस्थाबीच प्रतिस्पर्धा हुने मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । जिल्लाका कुल १६ वटा टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिताको विजेताले नगद ६० हजारसहित शिल्ड प्राप्त गर्ने क्लवका सल्लाहाकार हेमन्त पाख्रीनले जानकारी दिए ।

द्धितिय हुने टिमले नगद ३० हजार रुपैया र शिल्ड पाउनेछन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने प्रतियोगिताका संयोजक शतिस थापाले वताए । स्वर्गिद जगदिश खड्काले राष्ट्रिय टिममा रहेर फुटवल खेलेका थिए भने पछिल्लो समय प्रशिक्षक र रेफ्रीको भुमिका निर्वाह गर्दै आएका थिए ।

खड्काको ४० वर्षको उमेरमा वि.स. २०७३ सालमा निधन भएको थियो । पत्रकार सम्मेलनमा क्लवका सल्लाहाकार अजित चौरेलले स्वर्गिय खड्काले फुटवल खेलमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।