पूर्वी चितवनको माधवपुरमा आजबाट फुटबल प्रतियोगिता सुरु

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ माधवपुरमा आज बाट टोल स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

दिगदर्शन युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको आज पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नंं १ का सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरे । उनले क्लवका अध्यक्ष बालकृष्ण पोख्रेललाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका हुन् ।

क्लवका अध्यक्ष एवम् मुल समितिका संयोजक पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नंं १ का सांसद सुरेन्द्र पाण्डे,  प्रदेश सभाका सांसद कृष्ण प्रसाद खनाल, क्लवका सल्लाहकार संयोजक द्रोण प्रसाद लामिछाने, क्लवका सचिव भोजराज लामिछानेले मन्तव्य राखेका थिए ।

क्लवका उपाध्यक्ष अर्जुन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो प्रतियोगिता यही असोज १८ गते समापन हुँदैछ । आजको उद्घाटन खेल छहारी टोल विकास संस्था र सुरक्षित टोल विकास संस्था विच भएको थियो ।