चितवनको जलबिरेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत ईच्छाकामना गाउँपालिका ६ जलबिरेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको ग७प १९९६ नम्बरको मोटरसाइकलले ईच्छाकामना गाउँपालिका ६ जलबिरेका ६५ बर्षिय ईमालदिन मियालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मियाको उपचारको क्रममा आज साँझ पुरानो मेडिकल कलेज, भतरपुरमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
मियालाई ठक्कर दिने मोटरसाइकल र चालक चितवन प्रहरीको नियन्त्रणमा रहका छन ।