महालक्ष्मी बैंकद्वारा विद्यालयमा शैक्षिक सामग्री सहयोग

चितवन । महालक्ष्मी विकास बैंक लि. टाँडी शाखाले आज एक कार्यक्रमका बिच रत्ननगरको बकुलहरमा रहेको बकुलहर मा.वि. लाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयमा अध्ययनरत मन्टेश्वरी कक्षाका विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरु सहयोग गरिएको बैंकका टाँडी शाखा प्रमुख श्यामबाबु तिमल्सिनाले बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य कमला ढकाल, वडा अध्यक्ष शंकर सिंह तमाङ लगायतले मन्तव्य राखेका थिए ।