ग्लोबल आईएमई बैंक खोलेसिमल शाखामा एटिएम सेवा सुरु

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको ग्लोबल आईएमई बैंकमा एटिएम सेवा सुरु भएको छ । एकपटकमा रु. २० हजारसम्म रकम झिक्न सकिने एटिएम सेवाबाट ग्राहकले दैनिक ६० हजार रुपैयासम्म झिक्न सक्ने बैंकका खोलेसिमल शाखा प्रमुख खेमनाथ शर्मा पौडेलले जानकारी दिए ।

बैंकले एटिएम सेवा सुरु गरेपछि जुनसुकै समयमा पनि ग्राहकले रकम झिक्न सक्नेछन् । यस बैंकले गत असोजको अन्तिम हप्ताबाट एटिएम सेवा सुरु गरेको हो ।

सो एटिएम सेवाबाट कालिका नगरपालिका र आसपासका ग्रामिण तथा पहाडी क्षेत्रका वासिन्दाहरु लाभान्वित भएको शाखा प्रमुख पौडेलले बताए ।