मुना सहकारीसंग कुनै पनि आर्थिक संलग्नता छैन : वडा अध्यक्ष रेग्मी

चितवन । कालिका नगरपालिका वडा नं ६ का वडा अध्यक्ष विनोद रेग्मीले भरतपुर १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लि.संग आफ्नो कुनै आर्थिक संलग्नता नरहेको बताएका छन ।
वडा अध्यक्ष रेग्मीले कालिका दैनिक अनलाइन लगायत विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा कुनै पनि सत्यता नभएको बताएका हुन । अध्यक्ष रेग्मीले विहीवार विज्ञप्ती जारी गरी सो सहकारीको शाखा कार्यालय स्थापनाको लागि अनुमति दिँदा वडा अध्यक्षले आर्थिक लाभ लिएको भन्ने आरोप निराधार भएको भन्दै उनको सो समाचारको खण्डन गरेका छन ।
आफु कालिका नगरपालिका र वडा नं ६ को विकास निर्माणमा सधै प्रतिवद्ध रहेको भन्दै उनले सञ्चार माध्यममा प्रकाशित भए जस्तो आफुले कुनै पनि रकम नलिएको वडाबासीको जानकारीको लागि अनुरोध गरेका छन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४,दफा २०५८ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम व्यवसाय करको अधिकार एकल रुपमा स्थानीय तहलाई भएकोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको स्थानीय तहले गर्ने सिफारिस लगायत ढाँचा र कार्यविधि बमोजिम वडा कार्यालयबाट सहकारीको व्यवसाय दर्ता सुचिकृत गर्न सकिने कानुनी प्राबधानलाई टेकेर दर्ता गरिएको विज्ञप्तीमा जनाइएको छ ।

वडाध्यक्ष रेग्मीले जारी गरेको सो विज्ञप्तीमा उक्त मुनाा सहकारी संग आफ्नो कुनै आर्थिक लेनदेन नभएको भन्दै सो समाचारको खण्डन समेत गरेका छन । भरतपुरको सो सहकारीले कालिका ६ खोलेसिमल बजारमा सम्पर्क कार्यालय स्थापना गरी आर्थिक कारोवार गर्दै आएको छ ।