बिमल सुवेदीले मिष्टर कन्टिनेण्टल इन्टरनेशनल टिन २०१९ उपाधी जिते

चितवन । चितवनका विमल सुवेदीले मिष्टर कन्टिनेण्टल इन्टरनेशनल टिनको उपाधि जितेका छन ।

मलेसियामा सम्पन्न भएको मिष्टर कन्टिनेण्टल इन्टरनेशनल २०१९ मा उनले सो उपाधि हात पारेका हुन । म्यान अफ नेपालको उपाधि जितेसंगै मिष्टर कन्टिनेण्टल इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गरेका उनले १६ देशका अन्य सहभागिसंग प्रतिष्प्रर्धा गरेका थिए ।
नोभेम्वर ४देखि ८ सम्म मलेसियाको कोटा किनावालुमा सम्पन्न भएको मिष्टर कन्टिनेण्टल इन्टरनेशनलमा उनले विभिन्न चरणका प्रतियोगितामा सहभागिता जनाएका थिए ।
अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको नाम उच्च राख्न पाउदा आफुलाइ गर्व महसुस भएको उनले बताए ।
सो प्रतियोगितामा मिस नेपाल २००० उषा खड्की निर्णायक रहनु भएको थियो । यसका अलवा रोविन परियारको पहिरनमा मोडलले आफुलाइ प्रस्तुत गरेका थिए ।